भदौ, १२ काठमाण्डौं ।
यु -१९ साफ च्याम्पीयनसिपको उपाधि नेपालले कब्जा गरेको छ । उपाधिसंगै नेपालले २२ बर्षपछि ऐतिहासीक जीत हात पारेको छ ।
नेपालले दुई दशक लामो उपाधिको खरेडी पनि टारेको छ । नेपालले सन् १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेदकुदमा स्वर्ण जितेको थियो । त्यसयता नेपाली पुरुष टीमले कुनै पनि उपाधि जित्न सकेको थिएन ।
सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपालले ३१ औं मिनेटमा गोल गरेको थियो ।
कर्नरमा आएको बलमा अनन्त तामाङले गरेको हेड भारतीय गोलरक्षकले रोकेका थिए । तर, बाउन्स भएको बलमा तेज तामाङले गोल गरेका हुन् । त्यसअघि अन्जनको प्रहार भारतीय गोल रक्षकले मुस्किलले बचाएपछि नेपालले कर्नर पाएको थियो ।
तर, खेलको ८७ औं मिनेटमा भारतले पेनाल्टीमार्फत गोल फर्कायो । निर्धारित समयको खेल १-१ को गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो । भारत ५ का विरुद्ध ४ ले पराजित भएको छ ।