तरकारी खेतीबाट विद्यालय सञ्चालन

तरकारी खेतीबाट विद्यालय सञ्चालन

  • शनिबार, भदौ १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

आम्दानीको स्रोत नभएपछि खोटाङका एक विद्यालयले व्यावसायिक तरकारीखेती सुरु गरेको छ । नेर्पा–८ स्थित जनता निमावि सञ्चालनका लागि आम्दानीको कुनै स्रोत नभएपछि व्यावसायिक तरकारीखेती सुरु गरिएको हो ।

आर्थिक अभावमा विद्यालय सञ्चालन गर्न कठिन भएपछि तरकारीखेती सुरु गरिएको प्रधानाध्यापक झमप्रसाद आचार्यले बताउनुभयो ।

तरकारीखेतीबाट अहिले राम्रो आम्दानी हुन थालेको र छ ।” आचार्यले भन्नुभयो, विद्यालय आफैले व्यावसायिक तरकारीखेती सुरु गरेपछि विद्यार्थीसमेत यसप्रति आकर्षित भएका छन् ।”

विद्यालयको दुई र भाडामा लिइएको दुई गरी चार रोपनी जग्गामा विभिन्न प्रकारका तरकारीखेती लगाइएको प्रधानाध्यापक आचार्यले बताउनुभयो ।

व्यावसायिकरुपमा सुरु गरिएको तरकारीखेतीमा शिक्षक, अभिभावक र विद्यार्थीले हरेक शुक्रबार १ बजेदेखि काम गर्ने गरेका छन् ।

दुई वर्षअघि देउसी खेलेर सङ्कलन गरिएको  ४३ हजार रकमबाट तरकारीखेती सुरु गरिएको विद्यालयले जनाएको छ । विद्यालयले उत्पादन गरेको तरकारी स्थानीय हाटबजारमा बिक्री हुने गरेको छ ।

निजी स्रोतबाट सञ्चालन गरिएको विद्यालयमा सोही आम्दानीबाट शिक्षकलाई तलब भुक्तानी दिन थालिएको प्रधानाध्यापक आचार्यको भनाइ छ । विसं २०४९ फागुन ४ गते स्थापना गरिएको विद्यालयमा कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यमबाट पढाउन थालिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी