भदौ १२ काठमाण्डौं ।
काठमाण्डौमा जारी अण्डर १९ साफ् च्याम्पियनसिपको फाईनलमा नेपालले आज उपाधीका लागि भारत विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
खेल दिउसो ३ बजे पछि एन्फा कम्लेक्स सात दोवाटोमा हुने छ । कप्तान विमल घर्ती मगर र अन्जन विष्टको आक्रमणमा नेपालले जीतको खोजी गर्ने छ ।
यस अघि अण्डर १६ उमेर समुहको काठमाण्डौमा भएको दोस्रो साफ् च्याम्पियनसिपमा यही टिमले भारतसग‘ पराजय व्यहोरेकाले नेपालललाई यस पटक बदला लिने मौका समेत रहेको छ ।
आज जीत हात पार्न सके नेपालले लामो समय देखिको उपाधीको खडेरी समाप्त पार्ने छ ।
नेपाल समुह चरण र सेमिफाईनलमा सहज जीतका साथ अघि बढेको थियो । भारतले भने सेमिफाईनलमा बंगलादेशमाथि सडन डेथका आधारमा मात्र जीत हात पार्दै फाईनल पुगेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline