भदौ १२ काठमाण्डौं ।
शनिवार एन्फा कम्ल्पेक्स सात दोवाटोमा अण्डर १९ साफ् च्याम्पियनसिपको फाईनलमा नेपालले भारत विरुद्ध मैदान प्रवेश गर्दा नेपाली दर्शकहरुको ठूलो समुहले ताली बजाउदै हुटिङ गर्ने छन् ।
त्यसको तीन कारण छ पहिलो नेपालले भारतसग‘ उमेर समुहमा १६ वर्ष मुनिको समुहको फाईनलमा भारतसगै पराजय व्यहोरेर उपाधी घरमा राख्न सकेको थिएन ।
दोस्रो राष्ट्रिय टोलीमा पनि भारतसग‘ व्यहोरेको धेरै पराजय र तेस्रो उपाधीको लामो समयदेखिको खडेरी चिर्ने मौकाको खोजी ।
दिउसो ३ बजे शुरु हुने खेलमा पूर्ण आत्मविस्वासका साथ खेल्ने र जीत निकाल्ने रणनीति नेपाली प्रशिक्षक वाल गोपाल महर्जनको रहेको छ ।
नेपालले कप्तान विमल, अन्जन विष्ट र विस्वास श्रेष्ठलाई आक्रमण र गोल गर्ने जिम्मेवारी दिने छ । त्यस्तोमा डिफेन्समा अनन्त तामाङ लगायतकाले पहिलाका कमजोरीहरु दोहोऱ्याउनु हुदैन । कप्तान विमल घर्तीलाई पनि आजको खेलमा गोल गर्नु पर्ने दवाव रहने छ ।
प्रतियोगीता शुरु हुनु अघिको म्याचमा उनले यदी भारतसग‘ प्रतियोगीतामा भेट भएमा निश्चित रुपमा हराउने दावी उनले गरेका थिए ।
अफ्गानिस्तानलाई प्रतिस्पर्धात्मक खेलमा पाखा लगाएको नेपालले भारतलाई हराउन के रणनीति अपनाएर खेल्ने हो ? त्यसले नै जितको आधार तय गर्ने खेल विज्ञहरुको धारणा छ ।
तर फरक यति छ कि नेपालले जीतोस् भन्ने आम नेपालीको कामना छ । शुभकामना नेपाली टिमलाई ।