राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक असिम्सलाई मासिक ७ हजार डलर

राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक असिम्सलाई मासिक ७ हजार डलर

  • शुक्रबार, भदौ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ,११ भदौ ।

अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय टोलीका नवनियुक्त प्रशिक्षक प्याट्रिक असिम्सलाई मासिक ७ हजार डलर दिने जनाएको छ ।

एन्फाले आज पत्रकार सम्मेलन गरी असिम्सको तलवका लागि युवा तथा खेलकुद मन्त्रालयले सहयोग गर्ने जनाएको छ । साफ च्याम्पियनसिपलाई लक्षित गरेर असिम्सलाई ६ महिनाका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको हो ।

बेल्जियमका पूर्व अन्तराष्ट्रिय खेलाडी असिम्सलाई हिजो मात्र एन्फाले टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । चार महिनापछि भारतमा साफ च्याम्पियनसिप फुटबल हुनेछ । यदि असिम्सले नेपालाई उपाधि दिलाए १५ हजार डलर बोनेस दिइने एन्फाले जनाएको छ ।

असिम्सले नेपाली टोलीको प्रशिक्षक हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । भारतसँगको मैत्रिपूर्ण फुटबलपछि साफको तयारी थाल्ने उनले बताएका छन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी