कञ्चनजंघा च्यालेञ्ज कप सिक्किम ११ र ईलाम भिड्दै

कञ्चनजंघा च्यालेञ्ज कप सिक्किम ११ र ईलाम भिड्दै

  • शुक्रबार, भदौ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

ताप्लेजुङ, ११ भदौ । 

गत आईतवार देखि ताप्लेजुङमा जारी कञ्चनजंघा च्यालेञ्ज रनिङकपको सेमिफाईनलमा आज सिक्किम ११ भारत र दिपेन्द्र शिखर क्लव फिक्कल ईलाम विच फाईनल प्रवेशका लागि प्रतिस्प्रधा हुदैछ ।

दुवै टिम उपाधी भिडन्तका लागि फाईनलमा प्रवेश गर्न वलियो रुपमा मैदानमा उत्रदै छन् । खेल दिउसो २ वजे पछि सदरमुका स्थित भानुजन उच्च माविको खेलमैदानमा हुने छ ।

सिक्किम ११ भारतले यस अघि डिसिटि तरहरा सुनसरीलाई दुई सुन्यले पाखा लगाउदै सेमिफाईनलमा प्रवेश गरेको थियो भने दिपेन्द्र शिखर क्लव फिक्कल ईलामले ताप्लेजुङ ११ लाई एक सुन्यले हराउदै सेमिफाईनलमा भित्रिएको थियो ।

आजको विजेताले भोली हुने फाईनल खेलमा गोर्खा स्पोटिङ क्लव दमक झापा संग भिडन्त गर्ने छ ।

यस अघि हिजो भएको खेलमा दमकले संघर्ष स्पोटिङ क्लव ताप्लेजुङलाई तिन सुन्यको फराकीलो अन्तरले पछि पार्दै फाईनलमा प्रवेश गरेको थियो ।

यसै विच महिला तर्फको खेलमा आज कञ्चनजंघा फुङ्लीङ क्लव र तमोर मैवा स्पोटिङ क्लव खाम्लुङ भिड्ने छन् ।

महिला तर्फको खेल मध्यान्ह वाह्र तिस वजे सुरु हुने छ । यो वर्ष पुरुष तर्फ सिक्किम ११ सहित ८ टिम सहभागि भएका छन् भने महिला तर्फ स्थानिय ४ वटा टिम सहभागि छन् । यो वर्षको प्रतियोगिता भोली सम्पन्न हुने आयोजकले वताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी