इटहरी ११ भदौ ।
लामो समयदेखि प्रहरी सक्रियताका कारण सुनसान रहेको यौन धन्दा पुनःइटहरीमा सक्रियताका साथ सञ्चालन हुन थालेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीबाट डिएसपी बिनोद कुमार शर्माको सरुवा भएलगत्तै इटहरीमा यौन धन्दा सुरु भएको हो ।
इटहरीमा तत्कालीन डिएसपी शर्माले यौन ब्यवसाय सञ्चालन गर्ने होटल ब्यवसायीहरु ल्गायत दुई दर्जन बढीलाई मुद्धा चलाई जेल हालेपछि इटहरी क्षेत्रमा यौनधन्दा हदै मात्रामा बन्द भएको थियो ।
यौनधन्दा निर्मुल बनाउन सक्षम भुमिका निर्वाह गरेका तत्कालीन डिएसपी शर्मा इलाका प्रहरी कार्यालय इटहरीबाट सरुवा भएको भोलीपल्ट देखिनै इटहरीमा यौन ब्यवसाय सुरु भएको प्रमाण फेला परेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले सुराकीको आधारमा गत ६ गते आइतबार केही होटलहरुमा छापा मार्ने क्रममा इटहरी ५ स्थित सपना होटलबाट सञ्चालिका सपना श्रेष्ठ सहित ४ यौनकर्मीलाई पक्राउ गरी थुनामा राखेपछि यस्तो प्रमाण फेला परेको हो ।
पक्राउ होटलकी सञ्चालिका सपना अवैध यौन ब्यवसाय सञ्चालन गरेको आरोपमा १ वर्ष जेल सजाय भोगेर फर्केकी थिइन ।
जेलबाट सजाय भोगेर इटहरी आएकी उनलाई ६ गते साझ इलाका प्रहरी कार्यालय इटहरीले पुरानै ब्यवसायको आरोपमा पक्राउ गरी पुनःथुनामा राखेको छ ।
इटहरीको सपना होटलमा योन ब्यवसाय हुने गरेको सुइको पाएलगत्तै प्रहरीले छापा मार्ने क्रममा होटलकस् सञ्चालिका सहित ४ यौनकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालयमा आएका नया डिएसपी ओम अधिकारीले इटहरीमा निर्मुल भइसकेको योन धन्दा पुनः सलबलाउन थालेको भन्दै इटहरीमा रहेका होटलहरुमा प्रहरी निगरानी बढाएका छन ।
इटहरीको बसपार्क , पश्चिम लाईन तथा मुख्यचौकहरुमा रहेको होटल , पान पशल तथा किरान पशलहरुमा समेत पछिल्लो समय यौन व्यवशायको मोलतोल हुने गरेको स्थानीयहरुले गुनासो गरेपछि त्यस्ता संकासपद क्षेत्रहरुमा प्रहरी निगरानी बढाएको इलाका प्रहरी कार्यालय इटहरीमा हालै आएका डिएसपी ओम अधिकारीले बताउनुभयो ।