काठमाडौ ११ भदौ ।
एसिसी अन्डर १९ प्रिमियर लिग क्रिकेटमा नेपालले युएई सामु २ सय रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको क्वालालम्पुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल खराब सुरुवात गर्दै ४९ दशमबल २ ओभरमा मात्र १ सय ९९ रनमा समेटियो ।
नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ६२ रन बनाए भने सौरभ खनालले २४, अरिफ शेखले २२, दिपेन्द्र सिंह ऐरीले २० र प्रदिप सुनारले १८ रन बनाए ।
६५ रनमा ५ विकेट गुमाएको नेपालका लागि कप्तान रिजालले छैटौ विकेटका लागि दिपेन्द्र सिंह ऐरी र सौरभ खनालसँग समान ५२ रनको साझेदारी गरेका थिए ।
यस अघि नेपालले कुवेतमा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा युएईलाई ९४ रनले पराजित गरेको थियो । नेपालले भोली बलियो प्रतिद्धन्द्धी अफगानिस्तान विरुद्ध खेल्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline