काठमाडौं, ११ भदौ ।
मलेसियामा जारी यु-१९ प्रिमियर लिगमा नेपालले आज समुंक्त अरब इमिरेट्स (युएई) संग प्रतिस्पर्धा गर्दैछ ।
एसियाली क्रिकेट परिषद ( एसिसि) को अन्तिक प्रतियोतिाका रुपमा रहेको एसिसी यु-१९ मा नेपाले उच्च प्रदर्शन गर्ने नेपाली क्रिकेट टोलीक प्रशिक्षक जगत टमटाले बताएका थिए ।
६ राष्ट्रको सहभागिता रहेको प्रिमियर क्रिकेटमा उपाधि जित्नु एक मात्र टोलीको लक्ष रहेको पनि टमटाले बताएका थिए । अलराउण्डर खेलाडीहरुको बाहुल्यता रहनु नै नेपाली टोलीको बलियो पक्ष हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जुलाई १ बाट लागुहुने गरि एसिसीलाई आफु मातहत राखिसकेकाले यो एसिसिका नाममा हुने अन्तिम प्रतियोगिता हो ।
युएईसंग नेपालको इतिहास बलियो मानिदै आएको छ । युएईले एकपटकमात्र सन् २०१३ को एसिसी इलिट कपको सेमिफाइनलमा नेपाललाई पराजित गरेको थियो ।
जसकारण नेपाल सन २०१४ कोयु-१९ विश्वकपका लागि छनैट हुनबाट चुकेको थियो । तर त्यसपछिका सबै खेलमा नेपालले युएईमाथि जित हात पार्दै आएको छ ।