यू १९ साफ च्याम्पियनसिपको उपाधीका लागि नेपाल र भारत भिड्ने

यू १९ साफ च्याम्पियनसिपको उपाधीका लागि नेपाल र भारत भिड्ने

  • बिहिबार, भदौ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, भदौ १० ।

नेपाल यु–१९ साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अफगानिस्तानलाई ३–२ गोलले पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

ललितपुरस्थित एन्फा टेक्लिकल मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलको ३४औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसको केही समयपछि नै अञ्जन विष्टले पेनाल्टीमार्फत् अर्को गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।

पहिलो हाफसम्म २ गोलले अगाडि रहेको नेपाल ५०औं मिनेटमा अनन्त तामाङले आत्मघाती गोल गरेपछि खेल २–१ को अवस्थामा पुग्यो । त्यसपछि ५१औं मिनेटमा सुनिल बलले नेपालका लागि अर्को गोल गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए । अफगानिस्तानले ७३औं मिनेटमा अर्को गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो ।

यसपछि दुबै टोलीबाट कुनै गोल हुन सकेन र नेपाल ३–२ को जित दर्ता गर्दै फाइनल प्रवेश गरेको हो । यसैगरी आज भएको अर्को सेमिफाइनलमा भारतले बंगलादेशलाई सडन डेथमा पराजित गर्दै फाइनलमा नेपालसंगको भेट पक्का गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारत र बंगलादेशले निर्धा्रित ९० मिनेटको खेल गोलरहित बराबरी खेलेको थियो । टाइब्रेकरमा ३(३ गोल भएपछि खेलको निर्णय सडन डेथमा पुग्यो ।

सडन डेथमा भारतका खेलाडीले गोल गरे । तर, बंगलादेशका रहमाटको प्रहार आकासियो र भारत सडन डेथमा ४(३ ले विजयी भयो । फाइनल खेल पर्सी हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी