काठमाडौं, १० भदौ ।
१९ वर्षमूनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल प्रबेश गरेको छ । सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको सेमिफाइलन खेलमा नेपालले ३ ,२ को गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
नेपालका अन्जन बिष्टले खेलको ३४ मिनेटमा कर्नरमा सुनिल बलको प्रहारलाई हेड मार्फत गोलमा परिणत गरेर अगाडी बढाएका थिए । यसपछि ३७ मिनेटमा अफगानी खेलाडीको हातमा बल लागेपछि पाएको पेनाल्टीमा अन्जन बिष्टले ब्यक्तिगत गोल गरेका छन ।
खेलको ५३ मिनेटमा अफगानी खेलाडीले अन्जन बिष्टलाई डिबक्स नकिजै फल गरेपछि पाएको फ्री किकको सदुपयोग गर्दै नेपालका सुनिल बलले गोल गरेका थिए । खेलको ५० मिनेटमा नेपालका अन्नत तामाङले आम्मघाती गोलगरेपछि अफगानस्तानले गोल अन्तर कम गरेको हो ।
नेपालको डिफेन्स लाइनको कमजोरीको फाएदा उठाउदै अफगाननिस्तानका रियाजले खेलको ७२ मिनेटमा दोस्रो गोल गरेका थिए । यस्तै आजै अपराह्न साढे ३ बज हुने अर्को सेमिफाइनल खेलमा भारत र बंगलादेश भिड्ने छन् ।