भदौ १० काठमाण्डौं ।
नेपालमा जारी अण्डर १९ प्रथम साफ् च्याम्पियनसिपमा आज सेमिफाईनल खेलहरु हुदै छन् ।
पहिलो खेलमा आयोजक नेपालले अफ्गानिस्तान विरुद्ध खेल्ने छ । खेल मध्यान्ह १२ बजे सातदोवाटो स्थित एन्फा कम्लेक्समा हुने छ ।
आजको खेलमा नेपालले ग्राउण्ड बल बढी खेल्ने रणनीति बनाएको प्रशिक्षण बाल गोपाल महर्जनले बताएका छन् ।
समु्ह चरणमा नेपालको प्रदर्शन जीतका बाबजुद पनि केही फितलो रहेको आलोचना भएको थियो । यसलाई सुधारेर आज जीत हात पार्ने नेपालको रणनीति छ ।
समुह चरणमा नेपालले भुटान विरुद्ध ३–१ र बंगलादेश माथि २–१ को जीत निकालेका थिए ।
समुह चरणमा माल्दिभ्स विरुद्ध २–० को जीत निकालेको अफ्गानिस्तानले भारतसगँ २–० ले पराजीत भएको थियो ।
उमेर समुहमा नेपालले तेस्रो अण्डर १६ साफ् च्याम्पियनसिपमा बंगलादेशमा गत महिना १–० ले हराएको थियो । ्
दोस्रो सेमिफाईनलमा आज दिउसो साढे ३ बजे भारत र बंगलादेशबीच खेल हुने छ ।