फेरी पनी लुटिए डोल्पाका यार्सा ब्यापारीहरु

फेरी पनी लुटिए डोल्पाका यार्सा ब्यापारीहरु

  • बुधबार, भदौ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

डोल्पा , ९ भदौ ।

डोल्पा जिल्लाको फोक्सुण्डो गाविसमा पर्ने मालुवाचौरमा २७ जना यार्सागुम्बाका ब्यापारिहरु लुटिएकाछन । भदौ ७ गते राती तिब्बतमा यार्सागुम्बाको ब्यापार गरि घर फर्किदै गर्दा बिचबाटोमा नकाबधारी लुटेरालेहरुले नगद ७३ लाख सहित घर्यासी सर समान सबै लुटेकाछन ।
लुटिने ब्यापारिहरुमा सर्मि गाविसका दत्त बहादुर रोकाया,दल बहादुर रोकाया,नर बहादुर रोकाया,श्रीलाल रोकाया,लालजित बुढा, बुध बुढा ,कर्ण बहादुर बुढा र रामचन्द्र बुढा त्यसैगरि नर्कु गाविसका शुर बहादुर बोहोरा,नर बहादुर बोहोरा र काईगाँउ गाविस वडा नँ ८ का पठाने लामा र साङ्गेपाल्देन लामा र उनिहरुसँगै आएका जुम्ला जिल्ला चन्दननाथ नगरपालीका वडा नँ ३ भण्डारी गाँउका अम्मरसिँह भण्डारि समेत लुटिएकाछन ।

भादौ ७ गते राती मालुवाचौर पाटनमा वास बसेको बेलामा १२ जनाको लुटेरा समुहले अत्याधुनिक हतियार सहित लुटेका पिडित ब्यापारीहरुले बताएका छन ।

ब्यापारिलाई हातखुट्टा बाँधेर मरान्सन्न अबस्था हुने गरि कुटपटि गरि चिसो पाखामा सुताए ब्यापारिहरुसँग भएको ७३ लाख नगद,मोबाईल,घडि,नागरिक्ता,ब्यापारको लागि ल्याएको ब्लाङँकेट, सिरक, जुत्ता र घर खर्चको लागि ल्याएको घिउ, भोटेचियाका कार्टुन र अन्य सामाग्री समेत लुटेको पिडित दत्त रोकायाले बताउनु भएको छ ।

लुटपाट गर्दा १२ जनाको लुटेराहरुले २ थान एसएलआर,१ थान थ्रि नट थ्रि राईफल,१ थान एसएमजिका साथ १२ वटा पेस्तोल तिब्बतियन चक्कु सहित लुटेको पिडित ब्यापारि पठाने लामाले बताउनुभएको छ ।
घटना स्थलबाट ब्यापारिहरुले १८ वटा गोलिका खोका, ३ वटा नपट्काएका गोलि र १२ रण्उन लोडगर्न मिल्ने १ थान सौचालीत हतियारको म्यागेजिन शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको तोईजमा पोष्टमा बुझाएको अर्का पिडित ब्यापारी साङ्गेपाल्देन लामाले बताउनु भएको छ ।

घटना घटेको ठाँउबाट ईलका प्रहरि कार्यालय सम्म आउन दुईदिन लाग्ने भएकोले आज मात्र जाहेरि गरेको हुदा लुटेराको खोजि कार्य आजैबाट तिब्ररुपमा भएको ईलका प्रहरि कार्यालय काईगाँउका प्रहरि निरिक्षक सुरेन्द्र ढुगाँनाले जानकारि दिनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी