भन्सारमा रोकिएका गाडी ल्याउन त्रिभुवन राजपथलाई निषेधित क्षेत्र घोषणा

भन्सारमा रोकिएका गाडी ल्याउन त्रिभुवन राजपथलाई निषेधित क्षेत्र घोषणा

  • बुधबार, भदौ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौ ९ भदौ । 

लामो समयदेखिको बन्दका कारण भन्सारमा रोकिएका गाडी गन्तव्यमा पुर्याउनका लागि वीरगंज–पथलैया करिडोर अन्तरगत त्रिभुवन राजपथलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

आज बेलुकी ८ बजेदेखि भोली बिहान ६ बजेसम्म राजमार्गलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको पर्साका प्रहरी प्रमुख दिवेश लोहनीले जानकारी दिनु भयो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले निषेधित क्षेत्रमा गस्ती गर्ने उहाँको भनाई छ । मधेश केन्द्रित दलहरुको अव्हानमा भैरहेको बन्दका कारण एकहजार भन्दा बढी मालवाहक गाडी बीरगंज भन्सार पारी भारतीय सीमामा रोकिएका छन ।

यस्तै सीमापारी रोकिएका बाहेक नेपाल भित्रिसकेका झण्डै एकहजार भन्दा बढी भारतीय गाडी पनि तोकिएको समयमा फर्कन नपाएको वीरगंज उद्योग वाणिज्य संघका सचिव दिपक टिवडेवालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी