भाद्र ८, सल्यान
सल्यानको जिमालीमा रहेको एक विद्यालयलमा ३ वटा कक्षाका विद्यार्थी एउटै कोठामा अध्ययन गरिरहेका छन । जिमाली २ स्यानीजिमालीमा रहेको जनता निमाविमा केहि दिन अगाडिको बर्षाले ३ कोठे भवनको छाना र दक्षिण तर्फको पर्खाल भत्कदा उनिहरु एउटै कक्षामा अध्ययन गरिरहेका हुन ।
बर्षायामको पानीमा एउटै कोठामामा ओत लागेपनि अरु समयमा फरक कक्षाका विद्यार्थीलाई नजिकैका रुखको छहारीहरुमा अध्ययन गराइरहेको विद्यालयका शिक्षक जनक डिसीले जनाएका छन ।
२०५६ सालमा निर्माण गरिएको उक्त भवन मर्मत गर्न विद्यालयमा कुनैपनि आर्थिक स्रोत नभएको र विद्यालयलाई निमावि बनाउदा २ लाख भन्दा बढि ऋण भएकाले अहिले विद्यालयले मर्मत गर्न नसक्ने बरु मर्मतका लागि सहयोग गरिदिन अनुरोध गरेको छ ।
२०६७ सालमा निमाविको अनुमती पाएको विद्यालयमा आर्थिक अभावकै कारण अहिले प्राथमिक स्तरको पठनपाठन मात्रै हुने गरेको विद्यालयले जनाएको छ ।