काठमाडौ ८ भदौ ।
साफ अन्डर १९ च्याम्पियनसीप फुटबल प्रतियोगितामामा नेपालले अफ्गानिस्तान विरुद्ध खेल्ने भएको छ ।
आजको खेलमा भारतले माल्दिभ्सलाई ३–० ले हराउदै समुह बीको शीर्ष टोली बने पछि पछि उपविजेता अफ्गानिस्तानले नेपाल विरुद्ध खेल्ने तय भएको हो ।
समुह चरणमा नेपालले भुटान र बंगलादेशलाई हराएको थियो ।
आज एक पक्षीय खेलमा भारतका लागि मोनुद्धिनले ४१ औं मिनेटमा गोल गरे भने ४७ औं मिनेटमा लालराम थापाले गोल गरे । यसै गरी ७४ औं मिनेटमा अनिरुद्र तेस्रो गोल गरेका थिए ।
खेलमा माल्दिभ्सले मौका पाएका केही समय गोल गर्न नसके पछि उ सेमिफाईनलबाटै बाहिरीयो ।
भारतले सेमिफाईनलमा बंगलादेश विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।
यसअघि हिजो भएको खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline