नेपाल बंगलादेशलाई हराउदै समुह बिजेता बन्यो

नेपाल बंगलादेशलाई हराउदै समुह बिजेता बन्यो

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, भदौ ७ ।
नेपाल समूह विजेता बन्दै साफ यु–१९ च्याम्पियनसीप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

समूहको अन्तिम खेलमा आज बंगलादेशमाथि २–१ को जित हासिल गर्दै नेपाल समूह विजेता बनेको हो । इन्जुरी समयको अन्तिम मिनेटमा बंगलादेशी खेलाडी तुतुल बादशाहले आत्मघाती गोल गरेपछि नेपाल विजयी भएको हो ।

यसअघि, ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलको ११औं मिनेटमा रोहित सरकारको गोलबाट बंगलादेशले अग्रता लिए पनि १८औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै अञ्जन विष्टले नेपाललाई बराबरीमा ल्याएका थिए ।

हारपछि बंगलादेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । तीन टोली सम्मिलत समूह ‘ए’मा भुटानले समूहका सबै खेल हारेपछि समूह चरणबाट बाहिरिएको थियो ।

प्रतियोगिताको सेमिफाइनल समीकरण भोली पूरा हुादैछ । अर्को समूहको अन्तिम खेलमा भारत र माल्दिभ्स भिड्दै छन् । यो खेलबाटै समूह ‘बी’बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।

यसअघिका खेलमा अफगानिस्तानले माल्दिभ्सलाई हराउादा भारतसाग पराजित भएको थियो । भारतले माल्दिभ्समाथि जित हासिल गरे वा बराबरी गरे समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी