उदयपुरमा आन्दोलन चर्किदै, बन्दको विकल्प खोज्न स्थानीयको आग्रह

उदयपुरमा आन्दोलन चर्किदै, बन्दको विकल्प खोज्न स्थानीयको आग्रह

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

उदयपुर,७ भदौ ।

उदयपुरको सदमुकाम गाईघाट बजारमा दस दिनदेखि सशक्त आन्दोलनकारी सडकमा उत्रिएका छन् । आन्दोलनकारीहरु आज सोमबार बिहानैबाट चोक चोकमा टायर बाली उत्रिएका छन् । गाईघाट बजार दस दिनदेखि पूर्ण रुपमा बन्द हुदै आएको छ । आदिबासी जनजातिको दोस्रो दिनको आन्दोलनलाई साथदिदै आन्दोलनमा उत्रिएको साँढे तीनदर्जनबढी राजनीतिक दलले आन्दोलनमा सरिक भएको आदिबासी जनजाति संषर्घ समितिको जिल्ला स्ांयोजक केशव मगरले जानकारी दिनुभएको छ ।
संबिधानमा आदिबासी जनजातिको पहिचान सहितको संघीय राज्य, उत्पीडन बर्ग,मधेशी ,मुस्लिम दलित लगायतका अधिकार सुनिस्चित नभएको नामाङन र सीमाङनबिनाको बेनामी मस्यौदामाथि आदिबासी जनजातिले चर्को बिरोध गर्दै आएका थिए ।

केहीदिन यता बिभिन्न दलको दबाब र निरन्तर बन्दको प्रभाबबाट चार दलीय सम्झौताको आधारमा ६ प्रदेशको खाकाल्याएकोमा समेत असन्तुष्ट पोख्दै आन्दोलनकारीहरु सडक सघर्ष गर्दै आएका छन् ।

बलिदानीपूर्ण मधेश आन्दोलन र पुनरसंरचनाको मर्म बिपरित अखण्ड क्षेत्र जिल्लाजातीयपहिचानको बिरासतबोकेको २२ जिल्लाको थारुलाई छिन्न भिन्नबनाएको सिमांकनप्रदेश र नामांकनबिनाको प्रदेशको बिरोध गर्दै थारु आन्दोलनले अघि बढेको छ । थारुहरुको पहिचान र सामर्थको राज्यले संबोधननगरेसम्म सडकमा आन्दोलनजारी रहेन थारु कल्याकारीणी सभाको जिल्ला अध्यक्ष तथा आन्दोलन संघर्ष समितिको संयोजक प्रदीप चौधरीले बताउनु भएको छ ।
थारुहरुको थारभूमिबाट छिन्नभिन्न र उपेक्षा गरेको भन्दै थरुहट राज्यको मागगर्दै पश्चिमबाट आन्दोलन शूरु भएको आन्दोलनउदयपुरमा समेत चर्को रुपमाबन्दै जानथालेको छ । आजआईतबार बिहानैदेखि सदरमुकाम गाईघाट बजारमा पूर्ण रुपमा बन्दभएको छ । जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधनहरु नचल्दायात्रुहरु अलपत्र परेका छन् । यहाँका स्थानीयहरुलाई सहजपार्न किनमेलकालागि साँझ २घण्टा मात्रबजार खुलाएको बन्दकर्ताहरुले बताएका छन् ।

बन्द आब्हान कर्ताहरु छिटफुट रुपमा सडकमा देखिएपनिबजारको पसलहरु भने पूर्णबन्दभएको छ । आदिबासीजनजाति र थारु कल्याणकारिणी सभाको बन्दकर्ता नगन्य सडकमा देखिएको भएपनि सदरमुकामगाईघाट बिहानैदेखि सुनसान रहेको थियो ।

देशब्यापी रुपको बन्दआब्हान गरेको आदिबासीजनजाति समुदायले जिल्लाको ब्यापारीकेन्द्रहरु कटारी,बेल्टार तथा मुर्कुचीबजार लगायतकाआधादर्जन बजारहरुकमाआन्दोलनकारीहरु सडकमा निस्किएका छन् । यहाँबन्दकाकारणले कुनै पनिपसलखोल्न सकेका छैन । तर हलुका सवारी साधन फाट्टफुट चल्न शुरु भएको थियो । सदमुकामबाट पहाडी जिल्लाखोटाङ ,ओखलढुगा र जिल्लाकै पहाडी इलाकाहरुतिर यात्रु बाहक सबारी साधन समेत चल्न सकेको छैन भनिजिल्लाप्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
संबिधान सभाको संघीय समाजबादीफोरम नेपाललगायत ९ दल र बाहिर रहेको माओबादी बैद्य समुहको ३३ दलीयमोर्चामा आबद्ध रहेकादल र थारु र आदिबासीजनजातिको आन्दोलनको लामो बन्दले उदयपुरको सदरमुकामलगायतजिल्लाको सबै शैक्षिक संस्थान, कलकारखानाउद्योग ब्यापारब्यसाय सबै क्षेत्र बन्दहुदै आएको छ ।
जिल्लाको जनजीवन अस्तब्यस्त हुदै जानथालेकोले आन्दोलनकारीहरुलाई आन्दोलनको बिकल्पखोज्न यहाँको नागरिककर्मी ,मानबअधिकारबादी,ब्यापारीले आग्रहगर्न थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ