काठमाडौ ७ भदौ ।
साफ अन्डर १९ च्याम्पियनसीपमा नेपालले आज बंगलादेशसाग खेल्दैछ ।
खेल अपरान्न साँढे तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
समुह ए अन्तरगतको अन्तिम खेलमा आज दुवै टोली समुह विजेता बन्दै उपाधि यात्रालाई कायम राख्ने दाउका साथ मैदान उत्रिदैछ ।
नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
समुह चरणको पहिलो खेलमा नेपालले भुटानलाई ३-१ ले पराजित गरेको थियो । यस्तै बंगलादेशले पनि भुटानलाई नै २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
दुई खेल गुमाएको भुटान भने प्रतियोगिताको बाहिरिसकेको छ । यसअघि हिजो भएको खेलमा अफगानिस्तान भारतसँग २-० ले पराजित भएको छ । भारतले भोली माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline