नेपाल भारत पेट्रोलियम लाइन विस्तार सम्झौतामा आज हस्ताक्षर हुदै

नेपाल भारत पेट्रोलियम लाइन विस्तार सम्झौतामा आज हस्ताक्षर हुदै

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौ ७ भदौ । 

नेपाल भारत पेट्रोलियम लाइन विस्तार सम्बन्धी सम्झौतामा आज हस्ताक्षर हुदैछ ।

त्यसका लागि भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधान, भारतीय आयल कर्पोरेसनका अध्यक्ष डि अशोका लगायतका ११ सदस्यीय टोली हिजो नै काठमाडौ आइपुगेका छन् ।

बाराको अमलेखगन्ज, पथलैया, विरगन्ज हुदै भारतको रक्सौल सम्म ४१ किलोमिटर पाइप लाइन आयोजनाको निर्माण कार्य सुरु गर्न सम्पूर्ण तयारी पूरा भइसकेको आयल निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।

पाइप लाइन ३९ किलोमिटर नेपाल र २ किलोमिटर भारत तर्फ पर्छ । ४ अर्ब ४४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब २० करोड रुपैयाँ भारत सरकार र बाँकी एक अर्ब २४ करोड रुपैयाँ नेपाल सरकारले लगानी गर्ने निगमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी