ताप्लेजुङ ,६ भदौ ।
अन्तर्रा्ष्ट्रिय कञ्चनजंघा च्यालेन्ज रनिङ कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सघर्ष स्पोटीङ क्लब ताप्लेजुङले विजयी सुरुवात गरेको छ ।
ताप्लेजुङमा आईतवारदेखि सुरु प्रतियोगीतामा पाचथरको फिदिम स्पोर्टिङ क्लबलाई २–० ले पराजित गर्दै ताप्लेजुङ दोश्रो चरणमा प्रवेश गरेको हो ।
पहिलो हाफको ३६ औं मिनेटमा विकास योङहाङको गोलमार्फत अग्रता लिएको ताप्लेजुङका लागि पूजन उपरकोटीले अग्रता दोब्बर पारे ।
त्यसपछि कुनै टोलीबाट गोल भएन र खेल ताप्लेजुङले जित्यो । लाखेजात्राको अवसरमा विक्रम सम्बत २०२९ सालदेखि नियमित रुपमा संचालन भैरहेको प्रतियोगिताको उपाधि जित्ने टोलीले नगद १ लाख रुपैयाँ, ट्रफि, प्रमाण पत्र र मेडल तथा दोश्रो हुने टोलीले नगद ५० हजार, प्रमण पत्र र मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगितामा भारत सिक्किमको एकसहित पाँचथर, इलाम, झापा, मोरङ र सुनसरीका गरी आठ टोलीको सहभागिता छ ।