एजेन्सी ,६ भदौ ।
इङलिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार राती भएको खेलमा वेस्टब्रोमलाई पराजीत गर्दै चेल्सि विजयी भएको छ ।
जारी सिजनमा खराब सुरुवात गरेको चेल्सिले वेस्टब्रोमलाई ३–२ ले पराजीत गर्यो ।
प्रतिस्पर्धात्मक भएको खेलको २० औ मिनेटमा चेल्सिबाट पहिलो खेल खेलिरहेका पेड्रोले गोल गर्दै चेल्सिलाई अग्रता दिलाएका थिए ।
चेल्सिका लागि पहिलो हाफको ३० आंै मिनेटमा डिएगो कोष्टा र ४२ औं मिनेटमा एप्लिक्युटाले गोल गरे ।
वेस्टब्रोमका मोरिसनले ३५ औं र ५९ औं मिनेटमा २ गोल गरे ।
खेलको ५४ औं मिनेटमा चेल्सिका क्याप्टेन जोन टेरीलाई रेफ्रिले रातो कार्ड देखाउदै मैदान बाहिर पठाएपछि चेल्सि दोश्रो हाफमा १० खेलाडीमा सिमित बनेको थियो ।
तर वैश्टब्रोले त्यसको फाइदा उठाउन सकेन र खेल चेल्सिले जित्यो
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline