काठमाडौ ,६ भदौ ।
साफ अन्डर १९ फुटबल च्याम्पियनसीपमा भारतले अफ्गानिस्तानलाई पराजीत गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो साँढे तीन बजे शुरु खेलमा भारतले २–० गोल अन्तरको जीत हात पारेको हो ।
भारतका लागि कमल प्रित सिंहले खेलको ११ औं मिनेटमा गोल गरेका थिए । त्यस पछि ८६ औं मिनेटमा अनिरुद्र थापाले अग्रता दोव्वर पारेका थिए ।
अन्त्यतिर गोल रोक्ने क्रममा भारतीय खेलाडीमाथि फल गरे पछि रेफ्रिीले अफगानी गोल किपर मुस्ताफाले दोहोरो पहेलो कार्डका कारण रेडकार्ड खादै बाहिरीए पछि अफ्गानिस्तान थप दवावमा आएको थियो ।
खेलमा तालमेल मिलाउन नसक्दा उपाधी दावेदार मानिएको अफ्गानिस्तान पराजय भोग्न बाध्य भयो ।
पराजयका बाबजुद अफ्गानिस्तानको सेमिफाईनल यात्रा भने अब माल्दिभ्स र भारतबीचको खेल खेलको परिणाममा भर पर्ने छ ।
माल्दिभ्सले भारत विरुद्ध ३ गोलको अन्तरको जीत हात पारेमा मात्र अफ्गानिस्तान प्रतियोगीताबाट बाहिरीने छ । माल्दिभ्स पराजीत भएमा २ गोलको अन्तरले पराजीत भएमा अफ्गानिस्तान सेमिफाईनल पुग्ने छ ।
भारतले प्रतियोगितामा पहिलो खेल खेलेको हो भने अफगानिस्तानले माल्दिभ्सलाई पराजित गरेको थियो ।
हार सँगै भुटान प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको छ भने आयोजक नेपाल र बंगलादेश एक खेल खेल्न बाँकी छाँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
अब समूह विजेता बन्नका लागि भोली नेपाल र बंगलादेश भिड्दै छन् ।