नेपालले भोलि बंगलादेशको सामना गर्ने

नेपालले भोलि बंगलादेशको सामना गर्ने

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ,६ भदौ ।

राजधानीमा जारी १९ वर्ष मुनिको पहिलो साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भोलि बंगलादेशको सामना गर्ने भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको फुटबल मैदानमा दिउँसो साढे ३ बजेपछि सुरु हुने खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । जारी प्रतियोगितामा नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

हिजो भएको खेलमा बङ्गलादेशले भुटानलाई २–० ले गोलअन्तरले पराजित गरेपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । त्यस्तै, भुटान भने लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो खेलमा भुटान नेपालसँग ०–३ गोलअन्तरले पराजित भएको थियो । जारी प्रतियोगितामा नेपाल र बंगलादेशले समान ३(३ अङ्क जोडेका छन् । दुवै टोली समूह विजेताका लागि भिड्नेछन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी