धितोपत्र बोर्डद्धारा खुला प्रतिस्पर्धामा १६ अधिकृतको दरखास्त आव्हान

धितोपत्र बोर्डद्धारा खुला प्रतिस्पर्धामा १६ अधिकृतको दरखास्त आव्हान

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, ६ भदौ ।

नेपाल धितोपत्र बोर्डले खुला प्रतिस्पर्धाबाट १६ जना अधिकृत नियुक्त गर्न दरखास्त आव्हान गरेको छ ।

बोर्डले प्रशासन, लेखा र कानुन समूहमा गरी १६ जना अधिकृतको आवेदन माग गरेको हो । बोर्डलाई दरबन्दी थप गर्न अर्थमन्त्रालयले गत वर्ष स्वीकृति दिएको थियो ।

बोर्डको अधिकृतमा आवेदन दिन चाहनेले अबको ३० दिन भित्रमा आवेदन दिनु पर्नेछ । तीनै समूहमा आवेदन दिन चाहनेले सम्बन्धित विषयमा स्नातकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने धितोपत्र बोर्डले जानकारी दिएको छ ।

सबैको लागि २१ वर्ष पुरा भई ३५ वर्षको उमेरको हद तोकेको बोर्डले महिलाका लगि ४० वर्ष ननाघेको हुनुपर्ने बताएको छ ।

आवेदन दिन २ हजार दरखास्त दस्तुर लाग्ने र थप अतिरिक्त समूहमा आवेदन दिन थप २ सय लाग्ने बोर्डले बताएको छ ।

प्रशासन समूहमा १० जना तृतीय श्रेणीका अधिकृत नियुक्त गर्न लागेको बोर्डले खुला तर्फ ६ जना तथा महिला जनजाति, मधेशी तथा दलितको लागि १र१ जनाको उम्मेदवारी मागेको छ ।
यस्तै कानुनमा चार जनाको आवेदन मागिएकोमा खुलामा २ तथा महिला र आदिवासी जनजातिका लागि १र१ जनाको आवेदन मागिएको छ ।
त्यस्तै लेखा समूहमा दुई जना तीतृय श्रेणीका अधिकृत नियुक्त गर्न लागिएको धितोपत्र बोर्डल खुला तथा महिलाको लागि १र१ जनाको आवेदन मागेको छ ।

बोर्डले दरबन्दी थप योजना अन्तर्गत नै केही समय अगाडि निजर गिरी र परिष्ठ पौडेललाई कार्यकारी निर्देशक बनाएको थियो । त्यसअघि बोर्डमा कार्यकारी निर्देशक पद थिएन । गिरी र पौडेल निर्देशक रहनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी