एनट्याग भ्रष्टहरुको चङ्गुलमा परेको थप रहस्यहरु खुल्दै

एनट्याग भ्रष्टहरुको चङ्गुलमा परेको थप रहस्यहरु खुल्दै

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ । नेपाली प्राविधिक सहयोग समूह भ्रष्टहरुको चङ्गुलमा परेको थप रहस्यहरु खुलेको छ । एन्ट्यागका कार्यक्रम प्रबन्धक दीपक थापा, बोर्ड सदस्यहरु मोहन पन्थी र सागर सिंजापतिलगायतको मिलिभगतमा ४१ वटा ल्यापटप, १६ वटा मोटरसाइकल र विभिन्न कार्यक्रमको फर्जी बिल बनाई लाखौँ रकम हिनामिना गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, युएसएआइडीलगायत सम्बद्ध निकायमा उजुरी परिसकेको समाचार यस अघि नै विभिन्न पत्रपत्रिका र अनलाइनहरुमा सार्वजनिक भइसकेको विषय हो ।

यसैक्रममा एन्ट्यागका पदाधिकारीले गाडी लीलाम बिक्री र नयाँ गाडी खरिद प्रक्रियामा समेत लाखौँ रुपैयाँ अनियमितता गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार एन्ट्यागमा रहेको पुरानो टाटा गाडी लीलामी र नयाँ गाडी खरिद प्रक्रियामा कार्यक्रम प्रबन्धक थापा, बोर्ड सदस्य पन्थी र सिंजापतिले सेटिङ मिलाई लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको स्रोतले ठोकुवा गरेको छ ।

यसैगरी, एन्ट्यागका पदाधिकारीले केन्द्रदेखि जिल्लासम्मका घर भाडा, मसलन्द, इन्धनलगायतका विषयमा पनि नक्कली बिल बनाई आर्थिक अनियमितता गर्ने गरेको स्रोतको ठोकुवा छ । यसै सम्बद्धमा एन्ट्याग सम्बद्ध एक कर्मचारी भन्छन्, हुन त हामी आफैँ कार्यरत संस्था हो, यो संस्थाको बारेमा नराम्रो कुरा कसरी गर्नु तर यहाँका पदाधिकारीको अचाक्ली देखेर भन्नैपर्ने परिस्थिति बन्यो भन्दै उनी अगाडि भन्छन्, बालबालिकाको हितमा विदेशीहरुले दिएको सहयोगमा यसरी ब्रह्मलुट मच्याउनु कदापि जायज होइन ।

यहाँ अर्थात् एन्ट्यागभित्र एउटा सियो किन्दासमेत कति कमिसन कुम्ल्याउन सकिन्छ भन्ने सोच पालेर बसेका पदाधिकारी छन्, जसले गर्दा विगतमा राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा राम्रो छवि बनाउन पुगेको संस्था धराशयी हुने अवस्थामा पुगेको छ । यो सबै हुनुमा एन्ट्यागका पदाधिकारी नै मुख्य दोषी छन् ।

यस क्रममा एन्ट्यागका अर्को कर्मचारी भन्छन्, एन्ट्यागमा कहाँ–कहाँबाट कति रकम आउँछ, कुन–कुन कार्यक्रम आउँछ, हामीलाई नै थाहा हुँदैन । जसले प्रबन्धक थापा, बोर्ड सदस्य पन्थी र सिंजापतिलाई रिझाउँछन्, कमिसन बुझाउँछन्, उनीहरुले नै कार्यक्रम गर्ने अवसर पाउँछन् ।

हामी एन्ट्यागको भलो चिताएर राम्रो कुरा राख्नेहरु एन्ट्यागभित्रै बेरोजगार भएर बस्नु परेको छ । कुनै कर्मचारीलाई भ्याई नभ्याई जिल्ला दौडाहा र कार्यक्रममा खटाउँछन् भने हामीचाहिँ कार्यालयमा दलिन गनेर बस्नुपर्ने स्थिति छ ।

यही कुरा प्रबन्धक थापासमक्ष उठाउँदा उनी विभिन्न आरोप लगाएर हामीमाथि खनिन्छन् र जागिर नै खाइदिने धम्की दिन्छन् भन्दै अगाडि भन्छन्, एन्ट्यागभित्र प्रबन्धक थापा, बोर्ड सदस्य पन्थी र सिंजापतिले गरेका कुकृत्यले पापको घैंटो भरिसकेको छ, यो पापको घैंटो छिटोभन्दा छिटो सम्बन्धित निकायले फुटाउन आवश्यक भएको छ ।

यसैबीच, एन्ट्यागका प्रबन्धक थापा, बोर्ड सदस्य पन्थी र सिंजापतिले विभिन्न चाडबाडको अवसर पारेर कार्यालय विदाको दिनमा खसी काट्ने, आपूm र आफ्नो आसेपासे कर्मचारी जम्मा गरेर भोजभतेर गर्ने गरेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार विदाको दिन आपूm निकटका केही कर्मचारी कार्यालयमा भेला पार्ने र चाडबाड मनाउने नाममा विभिन्न किसिमका खानपानलगायतका मोजमस्तीका कार्यक्रमहरु गर्ने गरेका छन् । जुन कार्यले पनि एन्ट्यागको छवि धमिलिएको छ, इमानदार र स्वाभिमानी कर्मचारीले शिर निहुराउनुपर्ने स्थिति पैदा गराएको स्रोतको ठोकुवा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी