काठमाडौ ६ भदौ । नेपाल भारत पेट्रोलियम लाइन विस्तार सम्बन्धी सम्झौतामा भोली हस्ताक्षर हुदैछ ।
त्यसका लागि भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधान, भारतीय आयल कर्पोरेसनका अध्यक्ष डि अशोका लगायतका ११ सदस्यीय टोली आज अपरान्न नेपाल आउदैछन् ।
बाराको अमलेखगन्ज, पथलैया, विरगन्ज हुदै भारतको रक्सौल सम्म ४१ किलोमिटर पाइप लाइन आयोजनाको निर्माण सुरु गर्न सम्पूर्ण तयारी पूरा भएको आयल निगमले जनाएको छ ।
पाइप लाइन ३९ किलोमिटर नेपाल र २ किलोमिटर भारत तर्फ पर्छ । ४ अर्ब ४४ कराड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब २० करोड रुपैयाँ भारत सरकार र बाँकी एक अर्ब २४ करोड रुपैयाँ नेपाल सरकारले लगानी गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline