काठमाडौं, ५ काठमाडौं ।
आयोजक नेपाल र बंगलादेश साफ यु–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी प्रतियोगिताको समूह चरणका दुबै खेल हारेसँगै भुटान बाहिरिँदा नेपाल र बंगलादेश एक खेल खेल्न बाँकी छँदै सेमिफाइनलमा पुगेका हुन् ।
पहिलो खेलमा नेपालसँग ३–१ ले हारेको भुटान अन्तिम खेलमा आज बंगलादेशसँग २–० ले पराजित भएको हो । अब समूह विजेता बन्नका लागि सोमबार नेपाल र बंगलादेश भिड्दै छन् ।
प्रतियोगिताअन्तर्गत् आइतबार भारत र अफगानिस्तान भिड्दै छन् । भारतले पहिलो खेल खेल्दै गर्दा अफगानिस्तानले माल्दिभ्सलाई हराएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline