काठमाडौं, ५ भदौ । साफ अन्डर १९ फुटबल प्रतियोगितामा आज बंगलादेश विरुद्ध भुटान मैदान उत्रिदैछ ।
खेल अपरान्न साँढे तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
प्रतियोगितामा बंगलादेशले पहिलो खेल्न लागेको हो भने भुटान उद्घाटन खेलमा नेपालसँग ३–१ ले पराजित भएको थियो ।
यसअघि हिजो भएको खेलमा माल्दिभ्सलाई ३–१ ले पराजित गर्दै अफगानिस्तानले विजयी सुरुआत गरेको छ । जितसँगै अफगानिस्तानले अन्डर १९ टिम पनि सशक्त भएको दाबेदारी पेश गरेको छ ।
सिनियर टिमको साफ च्याम्पियनसिपको उपाधि विजेता अफगानिस्तानले उमेर समूहको उपाधि पनि जित्ने बाटो पहिल्याउँदै सेमिफाइनल नजिक पुगेको छ । अफगानिस्तानले अब समूहको अन्तिम खेलमा अर्को दाबेदार टिम भारतसँग खेल्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline