काठमाडौं, ४ भदौ ।
लगाातार एक हप्तादेखि खसिरहेको पहिरो नरोकिएपछि पर्वतको कुश्मा नगरपालिका १ मालढुंगा वस्ती उच्च जोखिममा परेको छ ।
भूकम्पले चिरा परेको पहाडबाट निरन्तर पहिरो खस्न थालेका कारण सुकुम्बासी वस्ती उच्च जोखिममा परेको हो ।
कुस्मा नगरपालिका वडा नं १ नुवारको डिलबाट खसेको पहिरोले वस्ती नै विस्तापित भएपछि आफुहरु घरबार बिहीन भएको सुकुम्बासी परिवारका सदस्यहरु बताउँछन।
पानी पर्नासाथ फरक फरक ठाउ्रँबाट पहिरो झरेपछि पुरै वस्ती स्थानान्तरण नगर्दा जुनसुकै समयमा पनि पहिरोले ठूलो मानवीय क्षति पु¥याउने खतरा बढेको छ । अहिले सम्म पहिरो ७ घर पुरिएका छन् भने २५ घर विस्थापित भएका छन् ।
निरन्तर बगेको पहिरोले बलबहादुर माझी, हरिबहादुर माझी, गणेश माझी, सरिता माझी, राजकुमार माझी, याम बहादुर माझी र सोमबहादुर गुरुङको घर पहिरोले पुरेको छ ।
विस्थापित बनेका परिवारहरुले पटक पटक जिल्ला प्रशासन कार्यालय पर्वतमा पुनर्वास तथा स्थान्तरणका लागि अनुरोध गर्दै आएपनि आफुहरुप्रति कुनै चासो नदेखाएको स्थानीयबासीहरुको गुनासो गरेका छन् ।
स्थानीय प्रशासनले भने पीडितहरुका लागि मानवीय संवेदनालाई मध्यनजर गर्दै त्रिपाल र अन्य आवश्यक सामग्री सहयोग गर्ने बताएको छ ।



