धनगढी, ४ भदौ ।
सुर्तीजन्य पदार्थ सेवन गरि जथाभाबी थुक्नाले कैलालीको धनगढीका अधिकाँस सरकारी कार्यालयका शौचालयहरु दुर्गन्धित बन्दै गएका छन् ।
सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २)६८ कार्यान्वयन भएपछि सरकारी कार्यालयका प्राङगणमा सुर्तीजन्य पदार्थबाट हुने फोहोरमा कमी भएपनि कार्यालयका शौचालयहरुमा भने फोहोर बढेको छ ।
ऐनमा सार्वजनिक स्थानमा ध’म्रपान तथा सुर्तीजन्य पदार्थ प्रयोग गर्न नपाउने भन्ने उल्लेख गरेपछि कर्मचारी र सेवाग्राहीहरुले कार्यालयको शौचालय भित्रै धुम्रपान प्रयोग गर्ने गरेको पाईएको छ ।
जिल्ला विकास समितिको कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, आन्तरिक राजश्व कार्यालय लगायत अधिकाँस कार्यालयमा सुर्ती जन्य पदार्थले शौचालय दुर्गन्धित बनेका छन् ।
अदालतमा चुरोट खानेहरुले प्राङ्गण भन्दा बाहिर गएर खाए पनि गुट्खा तथा सुर्ती गोजीमै राखेर ल्याउन पाईने भएका कारण शौचालयमा गएर खाने र त्यतै थुक्ने गरेकालो शौचालय दुर्गन्धित बनेको जिल्ला अदालत कार्यालय कैलालीका श्रेष्तेदार जगदिश भट्टले बताए ।
उनले भने –‘पछिल्लो समय गुट्खा खाएर जथाभावि थकिएका कारण कार्यालयले समस्या झेल्न’ परेको छ ।
‘अदालतको प्राङगणमा धुम्रपान निषेधित क्षेत्र भनी चारैतिर पर्चा पम्पलेट टाँस गरेर धुम्रपान निषेधित क्षेत्र घोषणा गरेपछि अदालतको प्राङणमा चुरोट खानेहरु नपाईएको र खाने व्यक्तिले पनि अरुलाई असर नपर्ने ठाउँमा गई प्रयोग गर्ने गरेका छन ।
स’र्तिजन्य पदार्थले मानव स्वास्थ्यमा गम्भिर असर पार्ने भएकोले सरकारले यसको प्रयोगलाई न्युनिकरण गर्न सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ ल्याए पनि यो ऐन पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले बताए ।
निजि तथा सरकारी कार्यालय तथा सार्वजनिक स्थलका व्यबस्थापकले सुर्तिजन्य पदार्थको सुचना टाँस नगरेको भेटेमा जिल्ला प्रशासन कार्यालयले ५ हजार सम्मको जरीवाना गर्न पाउने अधिकार भए पनि यो भने शहर केन्द्रीत ठाउँमा मात्र लागु भएको अझै ग्रामिण क्षेत्रमा कार्यान्वयन नभएको उनको भनाई छ ।
