साफ यू १९ च्याम्पियनसिपमा नेपालको बिजयी सुरुवात

साफ यू १९ च्याम्पियनसिपमा नेपालको बिजयी सुरुवात

  • बिहिबार, भदौ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ, ३ भदौ ।

साफ यू(१९ च्याम्पियनसिप फुटबलमा नेपालले बिजयी सुरुवात गरेको छ । समुह चरणको आफ्नो पहिलो खेलमा नेपालले आज भुटानलाई ३(१ को पराजित गर्यो ।

ढसातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरको मैदान भएको खेलमा नेपाललाई जित दिलाउन कप्तान बिमल घर्तीमगरले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल गरेका थिए ।

खेलको १० औं मिनेटमा बिमलले गोल गर्दै नेपाललाई १ गोलको अग्रता दिलाए तर, त्यसको १ मिनेट पछि नै भुटानले बराबरी गोल फर्कायो । भुटानका सोनाम तोग्बेले बराबरी गोल फर्काएका हुन् ।

२९ औं मिनेटमा बिमलले ब्याक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा नेपालले २(१ को अग्रता लियो । दोस्रो हाफको ६२ औं मिनेटमा बिमलले आफ्नो ह्याट्रिक पूरा गरे । तर, ७३ औं मिनेटमा बिमलले पेनाल्टी मिस गरे ।

नेपालले अब भदौ ७ गते बंगलादेश विरुद्ध खेल्नेछ । दुवै समुहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भदौ १२ गते हुनेछ । प्रतियागितामा भारत, बंगलादेश, अफगानिस्तान, भुटान र माल्दिभ्स सहभागी छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी