काठमाण्डौ,३ भदौ ।
आजबाट राजधानीमा सुरु भएको प्रथम साफ अन्डर १९ फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाली कप्तान बिमल घर्ती मगरले ह्याट्रिक गरेका छन् ।
उनको ह्याट्रिकसँगै भुटानबिरुद्ध नेपालले ३–१ को अग्रता लिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कमप्लेक्सको कृतिम घासे मैदानमा जारी खेलको ६२ औं मिनेटमा तेस्रो गोल गर्दै बिमलले ह्याट्रिक पुरा गरेका हुन ।
पहिलो हाफको १० औं मिनेटमा गोललाई पोष्टको दिशा दिदै खाता खोलेका बिमलले २९ औं मिनेटमा दोस्रो गोल गरेका थिए । भुटानका लागि भने ११ औं मिनेटमा सोनाम तोग्वेले गोल गरे ।प्रतियोगितामा अहिले दोस्रो हाफ जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline