भदौ २ काठमाण्डौं ।
काठमाण्डौंमा विहिबारबाट प्रथम साफ् अण्डर १९ प्रतियोगीता शुरु हुदै छ । यस प्रतियोगीतामा आयोजक नेपाल सहित दक्षिण एशियाका ६ राष्ट्र सामेल हुदैछन् ।
प्रतियोगीताको उद्घाटन खेलमा नेपालले बिहिबार भुटानको सामना गर्दै छ ।
खेल दिउसो साढे ३ बजे सातदोवाटो स्थित एन्फा कम्लेक्समा निर्मित आर्टिफिसियल ट्रफमा हुने छ ।
यस रंगशालामा ४ हजार दर्शक अटाउने क्षमता रहेको छ ।
त्यस पछि नेपालले बंगलादेश विरुद्ध दोस्रो खेल खेल्ने छ ।
यसैबीच नेपाली टोलीका कप्तान विमल घर्तीले प्रि म्याच कन्फेरेन्समा यस पटक भारतसग‘ भेट भएमा उसलाई हराएरै छाड्ने दावी गरेका छन् ।
यस अघि फिफा छनौट र अण्डर १६ को सेमिफाईनलमा भारतले नेपाललाई हराएको थियो ।
यस पटक फिल्ड रमाईलो भएकाले पनि खेल्न सजिलो हुने र कुनै पनि समुहलाई हराउन नेपाल तयार रहेको बिमलले दावी गरे । तर नेपालले भारतलाई समुह चरण पार गरेमा मात्रै सेमिफाईनल या फाईनलमा भेट्ने मौका पाउने छ ।
विमल युरोपमा ट्रायल दिएर केही दिन अघि मात्रै नेपाल फर्किएका थिए ।
पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक वाल गोपाल महर्जनले यस पटक तयारी राम्रो भएकाले नतिजा नेपालको पक्षमा आउने आशा व्यक्त गरे ।