काठमाडौं २ भदौ ।
सातौ सार्क अर्थमन्त्रीस्तरीय बैठक आजबाट राजधानीमा सुरु भएको छ । बैठक सार्क राष्ट्रको आर्थिक सामाजिक तथा साझा अर्थतन्त्रको विकासका एजेण्डामा केन्द्रीत हुने बताइएको छ ।
सार्क राष्ट्रको आर्थिक विकासका लागि सार्क राष्ट्रवीच सुरक्षा सहितको लगानी प्रर्वद्धन गर्ने विषयमा बैठकमा छलफल हुने अर्थमन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख मधु मरासिनीले जानकारी दिनुभयो ।
दुईदिने बैठकको पहिलोदिन आज सविचस्तरीय छलफल हुनेछ । सचिवस्तरीय छलफलमा सार्क डेभलप्मेन्ट फण्ड, र सार्क विकास वैंक निर्माण सम्वन्धि छलफल हुने मरासिनीले बताउनुभयो ।
प्रत्येक दुई दुई वर्षमा हुने सार्क अर्थमन्त्रीस्तरीय बैठक यसअघी सन २०१३ मा श्रीलङकामा भएको थियो । बैठकबाट नेपालले भूकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा सार्क राष्ट्रबाट सहयोग प्राप्त हुने अपेक्षा समेत गरेको छ ।