काठमाडौ २ भदौ ।
युएफा च्याम्पियन्स लिग फुटबलको छनोट खेल अन्तर्गत गएराति सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेडले बेल्जियमको क्लव ब्रजलाई ३÷१ ले पराजित गरेको छ ।
प्ले अफ अन्तरगत घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टरलाई जिताउन मेम्फिस डिपेले दुई गोल गरे भने फेलियानीले एक गोल थपेका थिए ।
यसअघि खेलको आठौं मिनेटमै म्यान्चेस्टर युनाईटेडका माईकल क्यारिकले आत्माघाती गोल गरेपछि पाहुना टोली क्लव ब्रजले सुरुवाती अग्रता लिएको थियो ।
च्याम्पियन्स लिग प्ले अफ्का अन्य खेलहरुमा इटालीको लाजियोले जर्मनीको बायर लिभरकुजेनलाई १÷० ले हरायो भने पोर्चुगलको स्पोर्टिङ लिस्बनले रुसको सि.एस.के.ए. मस्कोलाई २÷१ ले पराजित र्गयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline