काठमाडौं, १ भदौ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठक आज बस्दने भएको छ ।
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेको अध्यक्षतामा सातदोबाटोस्थित राखेप कार्यालयमा बस्ने बोर्ड बैठकले सातौं राष्ट्रिय खेलकुद प्रतियोगीताको मुल आयोजक समिति गठन गर्ने बुझिएको छ । भने विभिन्न जिम्मेवारी समेत बाडफाड हुनेछ ।
एक महिना नवित्दै पुनह राखपको दोस्रो बोर्ड बैठक बस्न लागेको हो । यसअघि साउन १ गते बसेको राखेप बोर्ड बैठकले मंसिर ११ देखि १८ गतेसम्म सातौं राष्ट्रिय खेलकुद प्रतियोगीता पुर्वाञ्चलमा गर्ने निर्णय गरेको थियो ।
आजको बोर्ड बैठकले प्रतियोगीताको तयारीका लागि कार्यकारी समिति तथा अन्य उपसमिति समिति गठन, समय तालिका प्रकाशन,बजेट पास, खेल संख्या तोक्ने लगायतका निर्णय गर्नेछ ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि ३५ खेल समावेश गर्ने प्रारम्भिक तयारी भएको छ । यसअघि सुदुपश्चिमाञ्चलमा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा ३२ खेलकुद समावेश गरिएका थिए ।
एसिएन गेम्समा समावेश गरिएका सेपाकताक्रो र ट्रायथलनलाई समावेश गर्न खोजिएको छ । त्यस्तै पांचाँै राष्ट्रिय खेलकुदमा रहेको खोखो पनि समावेश गरिने बुझिएको छ ।
बैठकमा प्रतियोगीताको भेन्यु समेुत तोकिनेछ । प्रतियोगीताको उद्घाटन विराटनगर र समापन धरानमा गर्ने प्रारम्भिक गयारी छ ।