सोमबार दुईपटकको सर्किट ब्रेकपछि नेप्सेमा ४.१० प्रतिशतको बृद्धि

सोमबार दुईपटकको सर्किट ब्रेकपछि नेप्सेमा ४.१० प्रतिशतको बृद्धि

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, ३२ साउन ।

दुई पटक सर्किट ब्रेक लागेको नेप्से सोमबार निकै सकारात्मक देखिएको छ ।

व्यापार समूहबाहेक सबै समूहका शेयर उकालो लागेका छन् । बाणिज्य बैंक सहित केही सूचिकृत कम्पनीको सेयर डिम्याट मात्रै कारोबार भएपछि सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

बजारमा आपूर्ति कम भएकाले शेयर बजार माथि चढेको ब्रोकरहरु बताउँछन् । सोमबार ८२ करोड ५५ लाख ६९ हजार ४ सय ८० रुपैँया बराबरको नेप्से कारोबार भएको छ ।

कुल १ सय २७ वटा कम्पनिको १३ लाख ५३ हजार ६ सय ४९ कित्ता शेयर ३ हजार ६ सय ६७ पटक कारोबार भयो । समग्रमा शेयर बजार ४५.५५ अंकले बढेर १ हजार १ सय ५७ दशमलव ६ अंकमा कायम भएर बन्द भयो ।

दुई पटक सर्किट ब्रेक लागेपछि दिउसो एक बजे बजार ११४२ अंकमा पुगेर बजार ओरालो लाग्न थालेको थियो ।  सोमबार बैँकिङ समूहको शेयर ६४.६७ अंकले बढेको छ भने होटल समूहको शेयर २९.६७ अंकले बढेको छ ।

त्यस्तै, विकास बैँक ९.४८, उत्पादनमूलक ६७.४६, फाइनान्स १.९६, विमा २८.०९, जलविद्युत २५.४५ र अन्य समूहको शेयर २९.३७ अंकले उकालो लागेका छन् । व्यापार समूहको शेयर भने ६.४१ अंकले घटेको नेप्सेले जनाएको छ ।

त्यस्तै, सोमबार सबैभन्दा बढी रकमको कारोबार गर्ने कम्पनि ग्लोबल आइएमई बैँक रह्यो । बैँकले ६ करोड ९४ लाख ४० हजार ६ सय ८५ रुपैँया बराबरको कारोबार गरेको बताइएको छ ।

त्यस्तै, सिटिजन्स बैँक र इन्भेष्टमेन्ट बैँकको प्रोमोटर शेयरको ५ करोडमाथिको कारोबार भएको छ भने नेपाल बंगलादेश बैँक र एभरेष्ट बैँकको ४ करोडमाथिको शेयर कारोबार भएको छ ।

एनआईसी एसिया, नविल बैँक, नविल बैँकको प्रोमोटर शेयर र प्रभु बैँकको ३ करोड रुपैँयाभन्दा बढीको शेयर कारोबार भएको छ भने चिलिमेको २ करोडमाथिको शेयर कारोबार भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी