करको योगदान ३० प्रतिशत पुर्याइने

करको योगदान ३० प्रतिशत पुर्याइने

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौ ,३२ साउन ।

अर्थ मन्त्रालयले चालू वर्ष कुल आयकरमध्ये स्रोतमा संकलन गरिने करको योगदान ३० प्रतिशत पुर्याउने लक्ष लीएको छ ।

अर्थ मन्त्रालय अन्तरगतको आन्तरिक राजश्व विभागले गरेको व्यवस्थापन गोष्ठीले २१ बुँदे ललितपुर घोषणापत्र जारी गर्दै हालको २५ प्रतिशतको योगदान बढाउने लक्ष लिएको हो ।

विभिन्न सरकारी ,सार्वजनिक एवं निजी क्षेत्रका निकाय र व्यक्तिहरुले भुक्तानी दिदा स्रोतमा कर कट्टी गरे \नगरेको र स्रोतमा करकट्टी गरी सोको विवरण तथा कर दाखिल गरे \नगरेको अनुगमन एवंम कर परिक्षण गर्ने कामलाई प्राथमिकता दिईने पनि घोषणापत्रमा उल्लेख छ ।घोषणापत्रले चौमासिकको सट्टा मासिक रुपमा कर विवरण बुझाउने व्यवस्थाा मंसिरसम्ममा कार्यान्वयनमा ल्याउने प्रतिबद्धता गरेको छ ।

चालू आर्थिक वर्षदेखि सबै सरकारी निकायहरुलाई अनिवार्य रुपमा स्थाई लेखा नम्बर लिनुपर्ने व्यावस्था गर्ने ,श्रोतमा कर कट्टी गरेको रकमलाई विद्युतिय माध्यमबाट राजश्व दाखिला गर्ने दश लाख भन्दा बढी कर बक्यौता रकम भएको करदाताको पूर्ण अभिलेख राखि वक्यौता असुली गरी कार्वाहिलाई तिव्रता दिने ,बेरुजु कम गर्न वित्तिय अनसासन कायम गर्दै बेरुजुमध्ये कम्तििमा ७५ प्रतिशत बेरुजु सम्परीक्षण गरिने घोषणापत्रमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी