काठमाडौं, ३१ साउन ।
साफ अन्डर १६ च्याम्पियनसीप फुटबलको उपाधी यात्रामा फेरी भारत बाधक बनेको छ । आज बंगलादेशको सिलेट रंगशालामा भएको सेमिफाईनल खेलमा नेपाल १–० गोलले पराजीत हुदै प्रतियोगीताको उपाधी जीत्ने लक्ष्यमा फेरी असफल भएको हो ।
दोस्रो साफमा पनि नेपाल भारतसगै १–० ले पराजीत भएर उपाधी उचाल्नबाट बञ्चित भएको थियो ।
भारतका लागि रहीम अलीले २२ औं मिनेटमा गरेको एक मात्र निर्णायक गोल गरे ।
गोल गरेपछि रक्षात्मक खेलेका भारतीय खेलाडीले नेपाललाई पटक पटक गोल गर्नबाट रोकेको थियो ।
आक्रामक खेलका बाबजुद नेपालले बराबरी गोल गर्न नसके पछि निराश हुनु पऱ्यो ।
खेल नेपाली समय अनुसार सााझ पौने सात बजे बंगलादेशको सिलेटमा सुरु भएको थियो ।
शुक्रबार भएको खेलमा अफगानिस्तानलाई १–० ले हराउादै नेपाल समुह बीको विजेता बनेर सेमिफाइनल यात्रा तय गरेको हो । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ५–० ले हराएको थियो ।
नेपाल सन् २०११ मा काठमाडौंमा भएको १६ वर्ष मुनिको साफ च्याम्पियनसिपमा तेस्रो भएको थियो भने दोस्रो संस्करणमा दोस्रो भएको थियो ।