दाङ श्रावन ३१
बर्षाको निरन्तरता संगै रुकुमको एक बिद्यालय उच्च जोखिममा रहेको छ । पुर्तिमकांडा ५ खागलमा रहेको जनाकल्यान माबि सिमलचौर पहिरोको उच्च जोखिममा रहेको छ ।
हिजोराति करिब २०० मिटर माथिबाट झरेको पहिरोले बिद्यालयको खेलमैदान , सौचालय पुर्ण रुपमा पुरेको बिद्यालयका प्रधानध्यापक टेकम बोहराले जानकारी दिनुभयो । पहिरो संगै माथिबाट ढुङ्गाा खस्नेक्रम अझै पनि जारी रहेको छ ।
बोटोको बिचबिचमा पहिरो खसेको र माथिबाट निरन्तर ढुङगा खसि रहदा स्थानियलाई आवत जावतमा समेत समस्या परेको छ । यही २५ गते रातिको पहिरोले बिद्यालयको धारा पुर्ण रुपमा पुरेको थियो भने बिद्यालयमा आउने पानीको पाईप पनि बगाएको थियो ।
पहिरोको उच्च जोखीममा परेपछि बिद्यलय पनि ठप्प रहेको छ । पहिरोका कारण माथिबाट ढुङगा खस्ने डरले स्थानियलाई आवत जावत गर्न पनि निकै समस्या परेको छ । बर्षा संगै पहिरो खस्ने क्रम जारी रहेकाले बिद्यालयमा थप क्षति हुन सक्ने प्रधानध्यापक बोहराले जानकारी दिनुभयो ।