साउन ३१, काठमाडौं ।
आगामी भदौ ३ गतेबाट राजधानीमा हुने अण्डर १९ फुटवल च्याम्पियनसिपका लागि बिमल घर्तीमगरको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरीएको छ । अखिल नेपाल फुटवल संघ एन्फाले आज घोषणा गरेको टोलीमा ३ गोलरक्षक, ८ डिफेण्डर, ७ मिडफिल्डर र ५ फर्वाड छन् ।
विमल घर्तीमगरको कप्तानीमा रहने टोलीमा मिडफिल्डरद्वय सुसन लामा र तेज तामाङ्गले खुल्ला स्पर्धाबाट स्थान पक्का गरेका हुन् ।टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन तोकिएका छन् । प्रशिक्षकमा सुनिल श्रेष्ठ र गोलकिपिङ प्रक्षिकमा मृगेन्द्र मिश्र छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline