फाइनल प्रवेशका लागि नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै

फाइनल प्रवेशका लागि नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै

  • आइतवार, साउन ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं।, ३१ साउन ।

नेपालले १६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेशका लागि आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार भएको खेलमा अफगानिस्तानलाई १–० ले हराउँदै नेपाल समुह बीको विजेता बनेर सेमिफाइनल यात्रा तय गरेको होे ।

नेपाल र भारतबीचको सेमिफाइनल खेल बंगलादेशको सिल्हेतमा नेपाली समयअनुसार बेलुका पौने सात बजेपछि सुरु हुनेछ ।नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ५–० ले हराएको थियो भने समुह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

नेपाल र भारतबीचको खेल अघि पहिलो सेमिफाइनलमा अफगानिस्तानले आयोजक बंगादेशको सामना गर्नेछ । बंगलादेश समुह एको विजेता बन्दै सेमिफाइनलमा आएको हो भने अफगानिस्तान समुह बीको उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

बंगलादेश र अफगानिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो साढे दुई बजे सिल्हेतमै हुनेछ ।

नेपाल सन् २०११ मा काठमाडौंमा भएको १६ वर्ष मुनिको साफ च्याम्पियनसिपमा तेस्रो भएको थियो भने दोस्रो संस्करणमा दोस्रो भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी