३० साउन, अछाम
सुदूरपश्चिमका पहाडी जिल्ला मध्ये अछाममा पनी रुद्धाक्ष खेती गर्न सुरु भएको छ । पूर्वि नेपालका केही पहाडी जिल्लाला मात्र उत्पादन हुने रुदाक्ष खेती पछिल्लो समय अछाममा पनी हुन थालेको हो ।
लामो समयदेखि संखुवासभा, भोजपुर, धनकुटा लगायतका जिल्ला रुद्धाक्ष खेतीका लागी प्रसिद्ध भएपनी अछाममा भने मंगसलेन नगरपालीका भवानसीहं धामीले सुरु गरेका छन् । उनले २०५८ सालबाट अछाममा यसको खेती गर्दै आएका हुन । धामीले अहिले आफ्नै घरको आगनमा रुद्राक्ष खेती गरिरहेका छन् ।
आफ्नै बारीको रुखमा फलेका रुद्राक्षका दाना र मालाहरु बिक्री गरेर नै उनले जिवीको पार्जन संगै लाखौ रकम आम्दानी गरीरहेका छन् । २२ देखी २५ रुखहरु रहेका धामीको बारीमा ८ देखी १० रुखहरु फलीरहेका छन् । अछममा यसको महत्वबारे नबुझेपनि जिल्ला बाहिर रुद्राक्ष बेचेर महिनामा १ लाख जती आम्दानी गरिरहेको उनको भनाई छ ।
अछाम जिल्लामा मात्र नभई समग्र सुदुरपश्चिममा नै सवै भन्दा बढी रुद्राक्ष खेती गर्नेमा धामी पर्दछन् । तर यसको महत्व र आम्दानी बारे थाहा नपाएकाले यो खेती त्यती फस्टाउन सकीरहेका छैन । किन्ने मान्छे नै नहुादा पाउने भन्दा निकै कम मुल्यमा झरेर बिक्रीबितरण गर्नुपर्ने धामीको वाध्यता छ । धार्मिकका साथै विभिन्न रोग पनि रुद्राक्षको प्रयोगले निको हुने विश्वासका कारण त्यसमा नेपालभन्दा विदेशतिर ठूलो आकर्षण छ ।
एकदेखि १० मुखसम्म हुने पिसेर, दुधमा मिलाएर खाने पनि प्रचलन छ । मुख अनुसार एउटा रुद्राक्षको मूल्य ५० रुपियाादेखि लाखभन्दा बढी पर्छ । एउटा रुखबाट मात्रै लाखौ कमाउन सकिन्छ ।