काठमाण्डौ ,३० साउन ।
नेपाल वायु सेवा निगमले अन्तराष्टिय उडानमा यात्रु आकािर्षत गर्न नया अफर योजना ल्याएको छ ।
अन्तराष्टिय उडानका दुईवटा टिकट खरिद गर्दा एउटा निशुल्क दिने अफर ल्याएको हो ।
निगमले काठमाण्डौबाट उडान बिभिन्न चार गन्तब्यका लागी दुईवटा दुई तर्फी टिकट खरिद गर्ने ग्राहकलाई एउटा दुईतर्फी टिकट फ्रि दिने भएको छ ।
निगमका प्रवत्ता रामहरी शर्माका अनुसार निगमले प्रवद्र्धनात्मक योजनाअन्तरर्गत यो अफर ल्याएको हो ।
भदौ १५ पटि सुरु हुने भारतको बैंलोर र मुम्बईको उडानमा यो अफर दिने निगमले जनाएको छ ।
यसअघि निगमले क्वालालम्पुर र थाईल्याण्डको बैंकक उडानमा टिकट फ्रि कै अफर दिने घोषणा गरीसकेको छ ।
निगमले भदौ १५ देखि बैंग्लोर र भदौ १८ देखि मुम्बईसम्मको नियमित उडान सुरु गर्दै छ । यी दुबै शहरमा प्रवद्र्धनात्मक योजनाअन्तरर्गत १ महिनाका लागी यो अफर ल्याएको प्रवत्ता शर्माको भनाई छ।
यो योजनामा काठमाण्डौ–बैंगलोर अथवा काठमाण्डौ मुम्बईका लागी एकतर्फी प्रबद्धन भाडा १० हजार ९२ रुपैया छ । काठमाण्डौ–बैंगलोर –काठमाण्डौको २० हजार आठ सय ९३ रुपैया तथा काठमाण्डौ–मुम्बई –काठमाण्डौको २१ हजार ६७ रुपैया निर्धारण गरिएको छ ।