अछाम २९ साउन
चालु आर्थिक वर्षको पहिलो महिनाको अन्त्यसम्म मात्रै जिल्ला अस्पताल अछाममा ३७ जनाले गर्भपतन गराएका छन । आर्थिक वर्षको साउन महिनाको २८ गतेसम्मको तथ्यंक हेर्दा उक्त संख्यामा जिल्ला अस्पतालमा आई महिलाहरुले सुरक्षीत रुपमा गर्भपतन गराएको पाईएको हो ।
नेपाल सरकारले अन्तरीम संविधान २०६३ बाट सुरक्षीत रुपमा गर्भपतन गराउन पाउने कानुनको व्यवस्था गरेपछी गर्भपतन गराउने महिलाको संख्यामा वृद्धि भईरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन । सुरक्षीत रुपमा गर्भपतन गराँउन पाँउने सरकारी ब्यावस्था भएपछि परिवार नियोजनको साधन सरह यसको प्रयोग भईरहेको छ । गर्भपतनको सुविधा भएपछि बिवाहित महिला देखी अन्यले पनि गर्भपतन गराँउने गरेको श्रोतले बताएको छ ।
सुरक्षीत गर्भपतन गराँउन पाँउने ब्यावस्था हुनुभन्दा पहिले नेपालमा गर्भपतन गराउनु भनेको अपराध सरह मानिन्थ्यो । तर आजभोलि यो कार्यलाई सामान्य रुपमा लिन थालिएको छ । जिल्ला अस्पतालमा आर्थिक वर्षको पहिलो महिनामा गर्भपतन गराँउने ३७ जना मध्य १९ वर्ष देखि ४१ वर्ष सम्मका रहेको जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा आएर गर्भपतन गराँउनेहरुको संख्याले पनि बिकराल रुप लिएको पाईएको छ भने अबैधानिक रुपमा र अन्य स्वास्थ्य संस्थामा गर्भपतन गराँउनेहरुको संख्या त झन एकिन हुन गाह्रो रहेको छ ।
गर्भपतन गराँउने कार्य पछिल्लो समय बढ्दो रुपमा रहेको जिल्ला अस्पताल अछामका सिनियर अनमी शुसिला ढुंगानाले जानकारी दिईन । उहाँले प्राय विदेस वाट फर्कने पुरुषहरु एक दुई महिना घरमा वसेर फर्कने र परिवार नियोजनका साधनहरु प्रयोग नगर्ने हुनाले गर्भपतन गराउने महिला वढीरहेको बताईन । गर्भपतन गराउनका लागि शिक्षीत महिलाहरु र अशिक्षीत गरी दुबै प्रकारका महिलाहरु आँउने गरेको उनले बताईन ।
अछाममा परिवार नियोजनका स्थाई र अस्थाई साधनको प्रयोगवारे चेतनाको कमी, अशिक्षा, लापरबाहि आदिका कारण पनी यो संख्यामा वृद्धि भईरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन । हाल स्वास्थ्य संस्थामा ४ महिना भन्दा कम समयको गर्भलाई सुरक्षीत रुपमा पतन गराँउन पाँउने अधिकार रहेको छ । त्यसबाफत स्वास्थ्य संस्थाले रु एक हजार शुल्क लिने गरेका छन ।
यद्यपि यो आर्थिक वर्षको निती तथा कार्यक्रमवाट भने त्यो शुल्क पनि नलिने गरी गर्भपतनलाई निःशुल्क बनाँईने सरकारले जनाएको छ ।