नेपालले आज अफगानिस्तानको सामना गर्दै

नेपालले आज अफगानिस्तानको सामना गर्दै

  • शुक्रबार, साउन २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ २९ साउन ।

साफ अन्डर १६ च्याम्पियसिपमा नेपालले आज अफगानिस्तानको सामना गर्दैछ ।

खेल नेपाली समय अनुसार आज साँझ पौने ५ बजे सुरु हुनेछ ।

बंगलादेशको सिलेटमा हुने आजको खेलमा जित हात पार्दै नेपाल समुह विजेता बन्ने दाउका साथ मैदान उत्रदैछ ।

आजको खेलमा बराबरी नतिजा निकालेमा पनि नेपाल समुह विजेता बन्नेछ ।

नेपाल र अफगानिस्तानको समान तीन अंक रहेको छ भने दुवै टोली यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । समुह बी को लिग चरणको अन्तिम खेल दुवै टोलीका लागि प्रतिष्ठाको विषय रहेको छ । नेपालले यसअघि माल्दिभ्सलाई ५-० ले हराएको थियो ।

यस्तै अर्को खेलमा अफगानिस्तानले पनि त्यही प्रतिद्धन्द्धीलाई पराजित गरेपछि नेपाल र अफगानिस्तान प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका हुन् । अफगानिस्तानले माल्दिभ्सलाई ४-२ ले  पराजित गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी