काठमाण्डौ ।
केशव घिमिरे को तीज गीत १ नम्बर केहि दिनमै बजारमा आउने भएको छ ।
चर्चित मोडेल बब्बु थापा र पुर्णिामा श्रेष्ठ ले नृत्य रहेको सो गीतको छायांकन सकिएको छ ।
चन्दन म्युजिकले बजार ब्यबस्थापन गर्ने गीतको निर्देशन बब्बु थापाले गरेका छन् ।
यो गीत मा शब्द लय केशब घिमिरे को रहेको छ भने स्वर केशब घिमिरे र देवि घर्ती को रहेको छ ।
यो भन्दा अगाडि थुप्रै चर्चित तिज गीतहरु किन्दिउला म चुरा,म पनि के छु र कमि,मुकुन्देको बाउ,चट सारी मिलाएर ..,नारी त लक्ष्मी हुन,आमाले पकाको खाम्ला मिठो दर लगायात धेरै लोक दोहोरी गीत ल्याइ सकेका गायक घिमिरे ले यस बर्ष १ नुम्बर र गुनियो चोली दुई वटा गीत बजारमा ल्याउदै छन् ।
मिर्मिरे अनलाईन सँगको कुराकानीमा घिमिरेले यी गीतको स्वर ,संगित र शब्द राम्रो भएको र म्युजिक भिडियो पनि स्तरीय बनाएको भन्दै यी दुबै गीतले सफलता बटुल्नेदाबी गरे ।



