अमिर र अनिता बने ‘मोडल हन्ट नेपाल

अमिर र अनिता बने ‘मोडल हन्ट नेपाल

  • बिहिबार, साउन २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौं ।

काठमाडौ जोरपाटीका २२ बर्षिय समिर कुवर राणा र दमौली तनहुकी २२ बर्षिय अनिता नेपाली उत्कृष्ट मोडल घोषित भएका छन् ।

राजधानिमा बुधबार अबेर सा“झ सम्पन्न को अन्तिम स्पर्धामा ६ फिट एक इन्च उचाहीका समिर पुरुषहरु तर्फ र ५ फिट ६ इन्च उचाहीकी अनिता महिला तर्फ उत्कृष्ट मोडल छानिएका हुन् ।

बेष्ट क्याटवाकको उपाधि समेत जितेका समिरले ३७ युवा प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेका थिए भने अनिताले ३२ प्रतियोगीलाई पछि पर्दै उपाधि जित्न सफल भइन् ।

अनिताले मोष्ट फोटोजेनिक उपाधि समेत हात पारेकी थिइन् । दुबै शिर्ष उपाधिका बिजेताले आकर्षक नगद, निर्देशक राजु गिरीको एक चलचित्र अभिनय अफरका साथमा बिभिन्न उपहारहरु प्राप्त गरेका छन् ।

मोडलिङ पेसालाई ब्यवसायिक एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नया“ आयाम थप्ने उदेश्यले नेक्ष्ट मोडलस् नेपालले यो बर्षबाट सुरु गरेको प्रतियोगीतामा पुरुष तर्फ मनिष राउत र नबिन न्यौपाने क्रमश फष्ट रनर अफ र सेकेण्ड रनर चुनिदा महिला तर्फ प्रिय राई र शिवानी मल्लले क्रमश फष्ट रनर अफ र सेकेन्ड रनर अफको उपाधि जित्न सफल भए ।

दुबै फष्टरनर अफ र सेकेन्ड रनरअफले उपाधिका , चलचित्र ,म्युजिक भिडियो बिज्ञापन अभिनयका साथमा बिभिन्न उपहारहरु प्राप्त गरे ।

रनवे ,ब्यक्तित्व बिकाश, आर।जे, भि।जे, अन्तराष्ट्रिय फोटोग्राफी एबं फोटो सुट, संञ्चारकला, स्टेज पफमेन्सलगायत बिभिन्न बिषयका दक्ष प्रशिक्षकको प्रशिक्षण सहित प्रतियोगीलाई अन्तिम स्पर्धामा उतारिएको प्रतियोगीतामा पुरुषहरु तर्फ बेष्ट पर्सनालीटी मनिष राउत, बेष्ट फिजिक्क्क्स् रोहीम धाउभढेल,मोष्ट डिसिप्लेन मानध्वोज गुरुङ, बेष्ट नेसनल एण्ड इन्टरनेशनल ड्रेस कम्बो निराजन श्रेष्ठ, मोष्टपपुलर आषिस रोनियार ,पब्लीक च्वाईस कृष्ण थापा, मोष्ट फोटा जेनिक निश्चल घले घोषित हु“दा महिला तर्फ बेष्ट पर्सनालीटी कुसुम बिष्ट, बेष्ट क्याटवाक निनाम हांग्मा राई, बेष्ट फिगर दिक्षा चौधरी ,मोष्ट डिसिप्लेन रुपा सुबेदी ,बेष्ट नेशनल एण्ड इन्टरनेशनल ड्रेस कम्बो एन्जल लामा, मोष्ट पपुलर युनिसा केसीले प्राप्त गरे ।

पुर्वमिस नेपाल उषा खड्गी ,नेपाली पहिलो फेशन फोटो ग्राफर राजभाई सुवाल, फेसन डिजाइनर विश्व गौतम, निर्देशक जिपी तिमल्सेना, अभिनेता, मोडल तथा पुर्व मिष्टर नेपाल आयुष्मान घिमिरे ,पुर्ब म्यान हन्ट तथा अभिनेता मोडल निर्जन थापा लगायतको निर्णायक रहेको प्रतियोगीताको कोरियोग्राफी रोजित शाक्यले गरेका थिए ।

चर्चित गायक सुगम पोखरेल, बादल प्रसाई, डिआइडिका कृष्ण थापा, लेजेन्ट ग्रुपलगायतको आकर्षक सांगीतिक प्रस्तुतिका साथ सम्पन्न कार्यक्रममा पहिलो नेपाली मोडल प्रशान्त ताम्राकार, चलचित्र निर्देशक राजु गिरी ,अभिनेत्री सुभेच्छा थापा, पत्रकार ऋषि धमलालगायत थुप्रै चर्चित ब्यक्तित्वको उपस्थिती रहेको थियो ।

नेपाली मुलका युवायुवतीहरुको प्रतिभा पहिचान गरी अन्तराष्ट्रिय स्तरको मोडल उत्पादन गर्न कार्यक्रम सहायक सिद्ध हुने आयोजक नेक्ष्ट मोडलस् नेपालका कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् ।

भक्तपुरमा रहेको सिर्जनसिल बालकल्याण केन्द्रलाई नगद तथा जिन्सी गरी रुप्रया पचास हजार बराबरको सहयोग समेत गरिएको कार्यक्रमको म्यानेजमेन्ट जिम्बेवारी नेक्ष्ट मोडलस् नेपालका कार्यकारी निर्देशक यतना पाण्डे र अध्यक्ष रबी धमलाले पुरा गरेका थिए ।

कार्यक्रममा स्टेज सजावट धुमधाम गरिएको थियो । स्टेज सजावटमा नगद पा“च लाख खर्च गरिएको आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी