काडेतारले छेक्यो कैलालीका आन्दोलनकारीलाई

काडेतारले छेक्यो कैलालीका आन्दोलनकारीलाई

  • बिहिबार, साउन २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

धनगढी, २८ साउन । थारू समुदाय बाहुल्य कैलाली–कञ्चनपुरसहितका जिल्लाहरुलाई मिलाएर थरुहट प्रदेश बनाउनु पर्ने मागसहित केहि दिनदेखि जारी थरुहट आन्दोलनमा आज प्रहरीले दमन गरेको छ ।
धनगढीको क्याम्पस चौंकदेखि चौराहा तर्फ गइरहेको विशाल जुलुशलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडी कााडेतार तेर्साएर अगाडी बढ्न नदिई दमन गरेको हो ।
केहि दिनदेखि प्रहरीको घेराबन्दीमा आन्दोलन गर्दै आएका थरुहट आन्दोलनकारीहरुलाई आज कााडेतारसहित ठूलो संख्यामा प्रहरीले छेकेपछि उनीहरु प्रशासन कार्यालयभन्दा पश्चिम एलएन चौक हुादै चौराहातर्फ बढ्नै सकेनन् । प्रहरीले जुसुलमाथि दमन गरेपछि प्रशासन कार्यालय अगाडी नै कोण सभा गर्न बाध्य भएका आन्दोलनकारीहरु प्रहरी प्रशासनमाथि कड्किएका थिए ।


उनीहरुले आफ्नो शान्तिपूर्ण जुलुसमा प्रशासनले दमन गरेर आफुहरुको आन्दोलन गर्न पाउाने अधिकार हनन गरेको बताए । कोणसभालाई सम्बोधन गर्दै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका जिल्ला उपाध्यक्ष गयाप्रसाद कुश्मीले भने,–‘प्रशासनले आज आफ्नो असली रुप देखायो, यो कााडेतार तेर्साएर, आफुलाई घेराबन्दीमा राखेर ठूलो अन्याय गरिरहेको छ, अब यो प्रहरीको घेरा र कााडेतार तोडेर अघि बढ्छौ ।
’ उपाध्यक्ष कुश्मी कुनै पनि हालतमा थरुहट प्रदेश बनाएर छाड्ने ठोकुवा गर्दै बलिदानी दिन तयार रहेको पनि बताए । प्रहरी प्रशासनले अगाडी बढ्न नदिएपछि प्रशासन कार्यालयबाटै फर्केका आक्रोशित आन्दोलनकारीहरु बन्दको अवज्ञा गरेको भन्दै क्याम्पस चौंकका तीन वटा पसलहरुमा तोडफोड गरी अगजनि गरेका छन् । त्यस्तै उनीहरुले विहिवार विहान सुदूर पश्चिम यातायात व्यवसायी समितिबाट सञ्चालित एक वटा एसी बसमा समेत अगजनि गरेको प्रहरीले जनाएको छ ।


त्यसै गरी थारुहरुको बाहुल्य रहेको कञ्चनपुरको बेलौरीमा थरुहत प्रदेश बनाउने माग सहित आज डल्लफ जुलुस निकालेको हो । जुलुसमा करिब हजारौको आन्दोलनकारीहरुको उपस्थिति रहेको थियो ।
आन्दोलन बेलौरी बजार परिक्रमा गरेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई संघिय समाजवादी संघिय थारु संघको केन्द्रिय सदस्य बलराम चौधरी, सदभावना पार्टीको जिल्ला सदस्य बुझावन् चौधरी, थरुहत तराई पार्टीको सदस्य फुलचरण चौधरी, थारु एकल महिलाको जिल्ला अध्यक्ष सिता चौधरी र था.क.स को केन्दिय सदस्य जिउलाल चौधरी लगायतकाले कोण सभालाई सम्बोधन गर्नुभएको थियो । त्यसैगरी था.क.स.को जिल्ला सभापति राज बहादुर चौधरीले कोणसभालाई सम्बोधन गर्दै समापन गर्नु भएको थियो ।


त्यसै गरी कैलालीको टीकापुरमा पनि संविधान सभा सदस्य जनक राज चौधरीले थारुहरुको हक अधिकारलाई संविधानमा सडकबाट जारी गर्नु पर्ने बताएका छन । पहिचान सहितको संघियता, संघियता सहितको संविधान , थरुहट थारुवान प्रदेश काय गर भन्ने नारा सहित विरोध आम सभाको कार्यक्रमलाई टीकापुरमा सम्बोधन गर्दे उहाले थारुहरु हकअधिकार लागि संंघर्षका कार्यक्रम जारी राख्ने पर्ने बताउदै पहिचान, न्यायको लागि सशक्त रुपमा लाग्नु पर्ने बताउनु भयो ।

थारुवान सयुंक्त सघर्ष समितिका संयोजक रेशमलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य एकिकृत माओवादीका फुलराम चौधरी, गर्नु भएको थियो कार्यक्रममा नेपाली काग्रेसका अम्रेस कुमार सिह, नेकपा माओवादीका देव गुरुङ्ग, तमलोपाका मिना चौधरी, गोविन्द्र चौधरी, फोरम लोकतान्त्रिकका पोलिटब्युरो सदस्य लक्ष्मण थारु, समाजसेवी सुरेन्द्र चौधरी, एकिकृत माओवादीका कृष्ण कुमार चौधरी, विरभान चौधरी, मधेशी असधकारकर्मी गणेश मण्डल, विजय कर्ण, पुर्व सभाषद सुक्दैया चौधरी लगाएतले कञ्चनपुरदेखि नवलपरासी सम्मको भु:भागलाई मिलाएर थरुहट/थारुवान प्रदेश र संविधानका हक अधिकार स्थापित  हुनु पर्ने माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी